काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको नेतामा महन्थ ठाकुरलाई चयन गरेको छ । आज बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मतिले चयन गरेको हो ।
संसदको प्रमुख सचेतक तथा अन्य पदको विषयमा पछि छलफल गरेर टुंगो लगाइने उनले बताए । प्रतिनिधिसभामा लोसपाका ४ जना सांसद रहेका छन् ।






















