काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा(‘प्रचण्ड) लाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् ।
ओली प्रचण्डबीच मन्त्रिपरिषद विस्तार, माधव नेपालको पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा छलफल हुने स्रोतले जनाएको छ । तत्कालीन नेकपा खेमालाई समेत जोड्ने गरी प्रचण्डले प्रयास थालेका छन् ।
त्यसैअनुरुप बुधबार बिहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रचण्डले भेटेका थिए । नेपाललाई सरकारमा सहभागी गराउने विषयमा छलफल भएको बताएको छ ।
दुई नेताले एकीकृत नेकपा (समाजवादी) अध्यक्ष माधवकुमार नेपाललाई पनि खुमलटार बोलाएका छन् ।




















