काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आज मुलुकको सुरक्षास्थितीबारे सरोकारबालासँग छलफल गर्ने भएका छन् ।
मुलुकभरको सुरक्षास्थितिको जानकारी लिन उनले प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीको भर्चुअल बैठक डाकेका छन् ।
बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने छन् ।
बैठकमा नागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्ति सुरक्षा, बजार अनुगमन र भ्रष्टाचार लगायतका विषयमा छलफल हुनेछ ।



















