सुनको मूल्य तोलाको कति

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर नै रहेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य र १ हजार ४ सय रुपैयाँ कारोबार भएको चाँदीको मूल्य आजपनि सोही मूल्य कायम भएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै कायम हुँदै आज पनि प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।