१२ वर्षपछि प्रकाशित गरियो खानेपानी संस्थान विज्ञापनको नतिजा

काठमाडौं। आज नेपाल खानेपानी संस्थानले एक विज्ञापनको नतिजा प्रकाशित गरेको छ । २०६७ सालको विज्ञापनको नतिजा १२ वर्षपछि सार्वजनिक भएको हो ।

सर्वोच्च अदालतको स्टेअर्डर भएर रोकिएको नतिजा दुई वर्ष अघि फुकुवा भएको थियो । आज नतिजा सार्वजनिक भएसँगै पास भएकाहरुलाई ३५ दिनभित्र संस्थानको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा सम्पर्क राख्न भनिएको छ ।