प्रगतिको नाममा बस् यहि उमेर मात्र बढ्दैछ

बिहानीपखको मस्त निन्द्रालाई छाडेर काउकुति लगाउने चिसो मौसममा तातो चियाको वाफ जसरी उड्दै गरेका अनेकौ सपना र रहरको झोला आफ्नै पारामा म मेरो सदाको दैनिकी कलेजतिर लागे ।

कसले देखेको छ र? आफुसँगका आफ्ना गुनासा, रहर, बाध्यता र जिमेवारीले भरिएको मलाई। म कलेजबाट परिक्षा दिएर अफिस जान एकदमै हतार हतारमा थिए घडीले बिहानको नौ पैईतालिस बजाइसकेछ। अफिस दस बजे पुग्नुपर्ने। बानेश्वरको कलेज अनि पुतलीसडकको अफिसम। काठमाडौंको बसको हालत त उही हो फेरि गोडा राम्रोसँग टेक्न पनि मुस्किल पर्छ।

अनामनगर आएपछि जेष्ठ नागरिक सिट खाली भयो, दायाँबायाँ आँखा डुलाए, जेष्ठ नागरिक कोही देखिन अनि म त्यही सिटमा बसे । म सँगैको अर्को सिटमा मा अन्दाजी सत्तरी वर्षका बुबा हुनुन्थ्यो । केही समयको लागि यात्रामा भेट भएका ती बुवा र म सिटमा सँगै थियौ, किताबको झोला बोकेको देखेर नानी कलजबाट फर्केको हो भनेर सोधे । मैले मुस्कुराउदै जबाफ दिए-अँ बुवा ।

ती बुबाले पनि आफ्नो नाती पनि कलेज पढ्दै गरेको सुनाए, र अनुहार खुम्चाउदै भने “मैले पनि मेरो नाती कलेज पठाएको, खासै राम्रो पढेन किताबको सबै कुरा थाहा छ तर संस्कार छैन । मिठोबोलीवचन त सुन्ने नपाईने, सधै गाली मात्रै गर्थि उसकी आमाले पनि राम्रो छैन मेरो नातीको संस्कार त ।” म जवाफविहिन प्राणाी भए उनको अगाडी ।

किताबका भारीले कतै मेरो संस्कारलाई नै त थिचेन ? अनि अर्को कुरा के सँस्कार सिकाउने जिम्मा आमाको मात्रै हो र? बाँकी सदस्य पनि त छन् नि घरमा तिनीहरुचाँहि कुरा बनाउने मात्रै हो र ? जो सक्षम छ उसले सिकाउदा भैहाल्छ नि ।

पुरा हुन नसकेको एउटा अपुरो लक्ष्य झुटो मुस्कान मन अनि माष्तिक सहित थाकेको शारीर बोकेर उही अफिस बसबाट झरेर म जाँदै गर्दा म मेरी आमाको याद झल्झली आउछ । नौ महिना कोखमा पीडा सहेर मेरी आमाले के के सपना सोचेकी होलिन्, त्यो सपनाको के अर्थ रह्यो र, जब आजसम्म मैले सफलताको अनुभव चाख्न दिन सकेको छैन, आत्माविश्वास घट्दैछ । आमा बा सफलता कुरेर बसेका छन् म यता भक्कानिछु ।

बसमा भेटिएका बुबाले आफ्नो नातीको संस्कार छैन भनेझै मेरी आमालाई पनि मेरो संस्कार, मेरो चरित्रमाथि औंला उठाएका पो छन् कि ।

जीवन फिक्का लाग्दैछ आजकल, गन्तब्य बिहिन पाइलाहरूलाई लार्खौउदै छन् आफ्नो परिवारमाथि एउटा बोझ बनेको छु आखाँमा सजाएको थिए सबैलाई खुसी दिने बेहिसब सपनाहरु आसु बनेर दिनदिनै मेरो नियन्त्रणबाट बग्दै छन्।आजसम्मको प्रगति सोध्नेहरू कयौँ छन् । मेरा हारलाई सुनिदिने कोही छैनन् ।

प्रगतिको नाममा बस् यहि उमेर मात्र बढ्दैछ । आमा कयौँतिमीलाई सारी चोलो किनेर सजाउने रहर त खै मन भित्रबाट कता लापता बनिसकेछन्। उता तिमी फुटको पैतलाले भिर पाखा गर्दै घाँस दाउरा गर्छौ यता पिज गरको चिल्लो रोड माथि हातमा सटिफिकेट बोकेर म यत्रत्तत्र भौतारिरहेको छु ।

कहिले अभाव, कहिले जिम्मेवारी, भारी घाँसको होस् या पीडाको। बोक्दा बोक्दै थाकेका मेरा बुढा बा आमा आजकल रोगी बनेका छन् ।
चौतारीमा पिपलु र वरले सितल दिए जसरी सुखैसुख अनि खुसी दिन मन छ। गन्तब्य त्यहाँ सम्म बनाएकी छु जहाँ पुगेर बाको चाउरी परेको गाला खुसी ले अझै खुम्चिनेछ अनि सन्तानको बारेमा सोचेर नथाक्ने मेरी आमाको छात्ती गर्वले फुल्नेछ।

तिमी यस्तो बनुपर्छ, उस्तो बन्नुपर्छ,यसरी नै बोल्नुपर्छ, यसरी नै हिड्नुपर्छ यो नगर, त्यो नगर यी बाधाहरूले काँडेतारले घोचेझैँ हेरक पाइलामा बिझाउने गर्छन् । यी अनेक पक्षहरू जसले मलाई अतितसँग झुलाईराखेका छन्। पोहोर साल फेकेको घडीको समयलाई अब मेरो नडीमा बाधिएको घडीमा लाउँदिन भन्दा भन्दै पनि बार बार हर समयको अनुभबहरू किन मेरो मन मास्तिकमा घुमीराख्छन्।

मैले कयौपल्ट आफुलाई केही नभएको जस्तो देखाएको छु भिडभाडामा मुस्कुराउदै छु। केवल यी सोच्हरू मात्रै छन् मेरा घनिष्ट असफलता र निराशा मात्रै छन मेरा आफन्तहरु। म रुन्छु आसुले साथ दिन्छ म टुट्छु पीडाले महुन बनाइदिन्छ बोल्न खोज्छु केहि बास्तविकताले शब्द चोरी दिन्छ।
संस्कारले भरिपूर्ण छु आमा म। तिमी मलाई विश्वास गर म तिम्रो विश्वासको पिल्लर बनेर सधै खडा रहिरहनेछु।