कर्णाली प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल हुँदै

सुर्खेत । कर्णाली प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेशसभा सचिवालयका अनुसार बैठक बिहान ११ बजे प्रदेशसभा भवन सुर्खेतमा बस्न लागेको हो ।

आज(बुधबार)को बैठकमा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल शुरू हुने प्रदेश सचिवालयले जनाएकाे छ ।

मन्त्रालयगत रुपमा विनियोजन बजेटमाथिको छलफल हुने सचिवालयले जारी गरेकाे सूचनामा जनाइएकाे छ ।

आजको बैठकमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुनेछ ।