काठमाडौं । अभिनेता तथा चलचित्र बोर्डका अध्यक्ष भुवन केसीले आफ्नो विबाह समयमा भर पर्ने बताएका छन् ।केही समय अगाडी अमेरिका भ्रमणको क्रममा अभिनेता भुवन केसीले प्रेमिका जिया केसीसँग छिट्टै विवाह गर्ने भन्ने विषयमा अभिव्यक्ति दिएपछि उनी फेरी एक पटक चर्चामा आएका थिए ।
तर अहिले भने भुवनले अमेरिकामा गरेको कुरा भन्दा फरक तरिकाले जियासँग विवाह समयले बताउने उल्लेख गरेका छन् ।
बुधबार भुवन प्रेमिका जीयासँग अभिनेता सलोन बस्नेतको विवाह पार्टीमा सहभागी हुन पुगेका थिए । मिडियाकर्मीले भूवनलाई जीयासँग कहिले विवाह गर्ने ? भन्ने प्रश्न सोध्न नपाउँदै भुवनले समय आएपछि भन्दै तर्किए ।

















