काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छैटौंपटक प्रधानमन्त्री बन्नका लागि पार्टीभित्रबाट पहल थालेका छन् । देउवा आफ्नै नेतृत्वमा गठबन्धन सरकारको निरन्तरता चाहिरहेका छन् र त्यसका लागि कांग्रेस संसदीय दलको नेता चुनिनुपर्ने वैधानिकता पूरा गर्न बाँकी छ ।



















