फ्लूका कारण चिनियाँ सहरमा लकडाउनको प्रस्ताव

काठमाडौं । एक चिनियाँ सहरले इनफ्लूएन्जा फैलिएपछि लकडाउनको प्रस्ताव गरेकाले सामाजिक संजालमा आलोचना खेप्नु परेको छ ।
सानसी प्रान्तको पर्यटकिय केन्द्र सिआन सहरले विद्यालय, व्यवसाय र अन्य भीडभाडका क्षेत्रहरुलाई यसै साता बन्द गर्ने बताएको हो । हाल यहाँ कठोर खाले फ्लूको महामारी फैलिएको छ ।

सहरको यो कदमपछि चीनको सामाजिक संजालहरुमा चिन्ता र आक्रोश आएका छन् । कतिपय प्रयोगकर्ताहरुले यसलाई चीनले लागु गरेको शून्य कोभिड नीतिका समयमा जस्तै असुविधा भएको बताएका छन् । तर शून्य कोभिड नीति हाल चीनले छोडिसकेको छ ।
‘यस्तो समयमा पिडा सिर्जना गर्नु भन्दा सर्वसाधारणलाई खोप लगाउनु पर्छ,’ एक प्रयोगकर्ताले विबोमा लेखेका छन् । विबो चीनमा ट्वीटर जत्तिकै मान्यता भएको सामाजिक संजाल हो ।

‘सियानको काम र व्यवसायीक गतिविधि रोक्ने प्रस्ताव राष्ट्रिय तहमा रोगलाई वर्गिकरण गर्ने स्पष्ट निर्देशनबिना मनिसलाई कसरी पिडा हुदैन ?’ अर्का प्रयोगकर्ताले सोधेका छन् । चीनमा कोभिडको संक्रमण ओरालो लागेपनि देशैभरी फ्लूको संक्रमणको संख्यामा भने वृद्धि भएको छ र फार्मेसीहरुले फ्लूको उपचारको माग पुरा गर्न संघर्ष गरिरहेका छन् ।