नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य

कप्तान रोहित पौडेलको अर्धशक अनी गुलशन झा र दीपेन्द्र सिंह ऐरीको आक्रमक ब्याटिङमा आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपालले यूएईलाई २४९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४८ रन बनाएको हो ।

खराब सुरुवात गरेको नेपालको इनिङ्स मिडल अर्डरले सम्हाले पनि नेपालले पूरै ओभर ब्याटिङ गर्न सकेन । नेपालका लागि कप्तान रोहित पौडेलले ओडीआईमा आठौं अर्धशतक प्रहार गर्ने क्रममा सर्वाधिक ७७ रन बनाए । आरिफ शेखले ४३ र गुलशन झा ले ३७ रन जोडे । दीपेन्द्रले ३४ र भीम सार्कीले २९ रन जोडे ।