अब देशको गाडी हामीले हाँक्ने हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब देशको गाडी हाँक्ने पालो आफूहरूको भएको बताएका छन् ।

उर्वरा फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले पुराना पुस्ताका नेताहरूलाई यहाँसम्म ल्याएकोमा धन्यवाद दिँदै युवाहरूले नेतृत्व गर्नुपर्ने बताए ।

‘मैले मेरो दलभित्र गर्न खोजेको त्यति मात्रै हो । तपाईंहरुले यहाँसम्म पुर्‍याइ दिनुभयो त्यसप्रति मेरो सम्मान छ । यो भन्दा अघि पनि गाडी हाँक्छु भन्नुभयो भने मेरो प्रश्न छ मेरो असन्तुष्टि छ,’ थापाले भने, ‘अब देशको गाडी तपाईंले होइन हामीले हाँक्ने हो । अब गाडी हाँक्ने पालो हाम्रो हो । अब हामीले चलाउँछौँ ।’