काठमाडौं । थापाथलीको सुकुम्बासी गत सोमबार बस्ती हटाउने क्रममा स्थानीयको आक्रमणबाट घाइते भएका नगर प्रहरीले किटानी जाहेरी दिने भएका छन् ।
आफ्नो कर्तव्य पुरा गर्न पुगेका नगर प्रहरीमाथि आक्रमण गर्ने १८ जना सुकुम्बासीविरुद्ध नगरप्रहरीले प्रहरीमा उजुरी दिन लागेका हुन् ।
सुकुम्बासी नागरिकको आक्रमणबाट ३६ जना प्रहरी घाइते भएका थिए । जसमध्ये ३ जना गम्भिर घाइते भएको जनाइएको छ ।


















