मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍या छः माधव नेपाल

काठमाडौं । नेकपा एमालेसँग मिलेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि कांग्रेस नेतृत्वको गठबन्धन भत्किए संगै कांग्रेसको रवैयादेखि धेरै पीडित भएको बताउँदै माधवकुमार नेपालले, ‘मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍या छ ।’ भनेका छन्

पुरानो गठबन्धन भत्किएन मात्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी समेत यता न उता भयो । अध्यक्ष नेपालले आफूहरुलाई कांग्रेस र माओवादीले एक्ल्याएको मात्र बताएनन् स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनमा पनि आफ्नो पार्टीका उम्मेदवारहरुलाई हराउन खुलेर लागेको आरोपसमेत लगाए ।