पौडेलसहित चारजना एमालेबाट मन्त्रीमा सिफारिस

काठमाडौं । नेकपा एमालेबाट उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारीसहित विष्णु पौडेल सरकारमा जाने निश्चित भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पौडेललाई उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिनेगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नाम सिफारिस गरेका हुन् ।

पौडेलबाहेक एमालेले थप ३ जना मन्त्रीको नाम पनि टुङ्ग्याएको छ । राजेन्द्र राई, ज्वालाकुमारी साह र दामोदर भण्डारी मन्त्रीका लागि सिफारिस भएका हुन् ।