कांग्रेस सांसद गुरुङले संसद बैठकमा भाग लिन नपाउने

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेक प्रसाद गुरुङले प्रतिनिधिसभा बैठकमा सहभागी हुन नपाउने भएका छन् ।

भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले उनी निलम्बनमा परेका हुन् । संघीय संसद सचिवालयले मंगलबार एक सूचना जारी गरी गुरुङविरुद्ध भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले स्वतः निलम्बनमा रहेको जानकारी दिएको छ ।

यसअघि गुरुङले प्रतिनिधिसभा सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ भने लिएका थिए । गुरुङ नेपाली कांग्रेसको तर्फबाट मनाङबाट निर्वाचित भएका थिए ।