कैलालीमा ट्याक्टरले च्यापिएर चालकको मृत्यु

काठमाडौं । कैलालीमा ट्याक्टरले च्यापिएर एकजनाको मृत्यु भएको छ ।

गौरीगङ्गा नगरपालिका–५ मा ट्याक्टरको टायरले च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । हिलोमा फसेको ट्याक्टरको ट्रली निकाल्ने क्रममा गौरीगङ्गा–४ बस्ने २२ वर्षीय गणेश चौधरीको मृत्यु भएको हो । रासस