सन्दीपको निवेदनमा सुनुवाइ हुन सकेन

काठमाडौं । पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै सन्दीप लामिछानेले दिएको निवेदनमा बिहीबार सुनुवाइ हुन सकेन ।

नाबालिका बलात्कारको आरोपमा लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले १८ कात्तिकमा पूर्पक्षका लागि थुनामा पठाएको थियो ।

लामिछानेको निवेदन उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो । तर हेर्न नभ्याइनेमा परेको छ ।