काठमाडौं । प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले नवनिर्वाचित प्रदेशसभा सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन्।
प्रदेशसभा सदस्यहरूमध्ये १ सय ४ जना प्रदेशसभा सदस्यहरूले शपथ ग्रहण गरेका छन् भने २ जना प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण रोकिएको छ। मधेश प्रदेशसभाको प्रदेशसभा सचिवालयका अनुसार मधेश प्रदेशमा सबैभन्दा बढी ५३ जना प्रदेशसभा सदस्यहरूले नेपाली भाषामा शपथ लिएका छन्।
४९ प्रदेशसभा सदस्यहरूले मातृभाषामा शपथ लिएका प्रदेशसभा सचिवालयले जनाएको छ। बज्जिका भाषामा १३ जना प्रदेशसभा सदस्यहरूले शपथ लिएका हुन्।



















