क्रान्तिकारी माओवादी र नेकपा बहुमत पार्टी एकता अन्तिम चरणमा, आज संयुक्त पत्रकार सम्मेलन

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला संयोजक रहेको नेकपा बहुमत पार्टी एकतानजिक पुगेका छन् ।

एकता प्रक्रिया अन्तिम चरणमा पुगेपछि दुवै पार्टीको नेतृत्वले आज शुक्रवार संयुक्त पत्रकार सम्मेलन गर्दैछन् ।

बास्तोलाले नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाबाट विद्रोह गरेर नेकपा बहुमत पार्टी गठन गरेका थिए ।

एकताबारे जानकारी दिन दुवै पार्टीले इच्छुक प्रतिष्ठान घट्टेकुलोमा पत्रकार सम्मेलन राखेका छन् । आगामी वैशाख १८ गते दुवै पार्टी एकता हुने जनाइएको छ ।