काठमाडौं । लमजुङमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका उमेदवार देवप्रसाद गुरुङले एमालेले भ्रटचारीहरू मिलाएर गठबन्धन बनाएको आरोप लगाएका छन्।
राईनासमा आइतबार भएको लोकतान्त्रिक(वाम गठबन्धनको संयुक्त कार्यकर्ता भेला एवम् प्रशिक्षण कार्यक्रममा बोल्दै नेता गुरुङले एमालेले मुलुकलाई गम्भीर संकटको दिशामा लान लागेकाले आफूहरूले पाँच दलीय गठबन्धन बनाउनुपरेको दाबी गरेका हुन् ।
नेकपा माआवादी केन्द्रका महासचिवसमेत रहेका गुरुङले देश संकटमा परेको उल्लेख गर्दै एकातिर पाँच दलको लोकतान्त्रिक वाम गठबन्धन र अर्कोतर्फ एमालेले साना दलहरूलाई लिएर चुनावी मैदानमा आएकोले सर्वसाधारणले देश बचाउन र संकटको अवस्थाबाट मुक्त गराउन मत दिनुपर्ने अवस्था आएको बताए।
साथै उनले एमालेले कन्स्परेसी अर्थात षडयन्त्रको सिद्धान्तलाई अंगालेको बताउँदै एमालेले राणाकाल, राजतन्त्र आदिमा सत्ता कब्जा गर्न अपनाइएको सिद्धान्त षडयन्त्रको सिद्धान्तलाई अंगिकार गरेकोले त्यस्ता सिद्धान्त अहिलेको लोकतन्त्रमा नसुहाउने जिकिर गरे।
लोकतन्त्रात्मक व्यवस्थामा पनि षडयन्त्र र द्वैध चरित्रको सिद्धान्त लिएर एमाले चुनावी माहोलमा सर्वसाधारणमा भ्रम छर्न थालेको बताउँदै गुरुङले त्यसलाई बुझ्न र परास्त गर्न आवश्यक रहेको बताए।
एमालेले गरेको संसद विघटन मात्रै थियो तरु हेर्दा त्यो सामन्य लाग्छ तर त्यसको अन्तर्यमा विविध भावनालाई विभाजन गरेर मुलुक संकटमा पुर्याउने खेल रचिएको थियो, उनले भने।
राजनीतिमा अलिकति पनि इमान्दारीता नभएको र भ्रष्टाचारी चरित्रलाई अंगालेको एमालेले विकास गर्न नसक्ने भन्दै उनले त्यस्तो भ्रष्ट गठबन्धनलाई पराजित गर्न अपिल गरे।
























