काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि नेपालको झण्डा सहितको पानीजाहाज समुद्रमा आवागमन हुने बताएका छन्।आज पोखरामा भएको चुनावी सभालाई सोमबार सम्बोधन गर्दै ओलीले उक्त सो कुरा बताएका हुन्।
आफू नेतृत्वको सरकारकै पालमा यो प्रक्रिया अघि बढेको भएपनि देउवा सरकारले अनुमति नदिएकोले मंसिर ४ पछि एमालेको सरकार आउने र आवश्यक स्वीकृति दिएर सञ्चालनमा ल्याउने बिश्वास व्यक्त गरे।
‘मंसिर ४ पछि हामी सञ्चालनका लागि स्विकृति दिन्छौं र हाम्रो पानीजहाज नेपाली झण्डा राखेर कोशी, गण्डकी हुँदै गंगाको बाटोबाट समुद्रसम्मको आवागमन छिटो, सस्तो र सुरक्षित हुन्छ। यसका लागि सर्भे भइसकेको छ। अब हामीले पोर्ट मात्र बनाउन बाँकी छ,’ ओलीले भने।
ओलीले आफूले पानि जाहाज सञ्चालन गर्ने भन्दा मजाक उडाएको दुखेसो पनि पोखे। उनले भने, ‘हामीले समुद्र हाम्रो पनि हो। हामी पानीजाहाज चलाउन सक्छौं भन्यौं, यहाँका केहि बुझक्कड ठान्नेहरुले मजाक उडाए।’
























