लमजुङबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी

लमजुङ। प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् ।

उहाँले वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवप्रसाद गुरुङलाई हराउँदै विजयी भएका हुन् ।

एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले ३ हजार १ सय ८८ मतको फराकिलो मतान्तरले देवप्रसाद गुरुङलाई हराएका हुन्।

एमालेका गुरुङले ३४ हजार ९ सय ६९ मत ल्याएका हुन् ।