काठमाडौं । पर्सा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका राजकुमार गुप्ता निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई १५१ मतले पराजित गर्दै गुप्ता विजयी भएका हुन् । उनले २४ हजार २६० मत पाए भने सुरेन्द्रले २४ हजार १०९ मत पाए ।
०७४ को निर्वाचनमा यो क्षेत्रमा तत्कालिन संघीय समाजवादी फोरम नेपालका हरिनारायण रौनियार विजयी भएका थिए ।



















