कर्णाली प्रदेशसभाकाे अधिवेशन पुस १८ गतेका लागि आह्वान

काठमाडौं । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन आह्वान गरिएको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रथम अधिवेशन आह्वान गरेका हुन् ।

प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम यही पुस १८ गते सोमबार दिउँसो १ बजे बस्ने गरी अधिवेशन आह्वान गरेका छन् ।

प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनमा कार्यवाहक सभामुखका रुपमा कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले भूमिका निर्वाह गर्नेछभन्। सभामुख र उपसभामुख निर्वाचित भएर नआउञ्जेलसम्म ज्येष्ठ शाह सभामुखको भूमिकामा रहने जनाइएको छ ।