को को छन् मन्त्रीका आकांक्षी, कहिले हुँदैछ मन्त्रिपरिषद् विस्तार ?

काठमाडौं । सात दलीय सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँटको विषय पेचिलो बन्दै गएको छ । सरकारको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र)मा मन्त्रीका आकांक्षीहरु धेरै देखिएपछि मन्त्री छान्न अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई सकस परेको छ ।

माओवादीबाट मन्त्री बन्ने दौडमा रहनुभएका शीर्षस्थ नेताहरूमा वर्षमान पुन, शक्ति बस्नेत, महिन्द्र राय यादव, सुदन किराँती, अमरलाल मोदी, राजन दाहाल, गंगा कार्की, माधव सापकोटा, सूर्यमान दोङ्ग, हितबहादुर तमाङ लगायत रहेका स्रोतको भनाइ छ ।

देउवा नेतृत्वको गठबन्धन टुटेपछि एमालेको समर्थनमा नयाँ समीकरण बनाएर पार्टी अध्यक्ष प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वधार तथा यातायातमन्त्री भइसकेका छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार संसदमा विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तारको योजना प्रधानमन्त्री दाहालले बनाएका छन् ।