उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक पौडेलसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवलकिशोर साहासमेत आठजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै अदालतमा आरोप पत्र दायर गरेको हो ।

भेरियबल फ्रिक्वेन्सी ड्राइभ खरिद गर्दा आवश्यकता र औचित्यता नभएको प्राविधिक दृष्टिले रितपूर्वक माग नभएको अवस्थामा खरिद ऐनविपरीत खरिद गरी भुक्तानीसमेत गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा अनियमितता भएको भन्दै अख्तियारले २२ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको छ ।

अख्तियारले पौडेल र साहसहित पवनकुमारलाल कर्ण, भरतप्रसाद नेपाल, डेमलाल खनाल, कमलराज पौडेल, ध्रुबबहादुर देवकोटा र महेशप्रसाद काफ्लेविरुद्ध मुद्दा दर्ता गरेको हो ।