काठमाडौं । प्रतिनिधि सभामा निर्वाचित २७५ सांसदहरुमध्ये सवैभन्दा जेठो सांसद राप्रपाका पशुपति शमशेर जबरा ठहर भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित जबरा नागरिकताका आधारमा जेठो सदस्य देखिएपछि उनैले अन्य सांसदहरुलाई पुस ७ गते शपथ गराउने भएका छन् ।
निर्वाचित सांसदहरुको जन्म मिति भिडाएर हेर्दा सबैभन्दा जेठो सांसद पशुपति शमशेर राणा देखिनुभएको छ ।





















