हर्क र कार्यपालिका बीचको विवाद समाधान

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई र कार्यपालिका सदस्यहरुबीचको विवाद समाधान भएको छ ।

विवाद समाधान भएपछि नगरकार्यपालिका बैठक सौहार्दपूर्ण वातावरणमा सुरु भएको छ

कार्यपालिका सदस्यहरुले गत कात्तिक १७, २४ र मंसिर २९ गते बोलाएको बैठक बहिष्कार गरेका थिए ।

यसअघि धरान उपमहानगरपालिकामा कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेको भन्दै नगर प्रमुख हर्कराज राईले नैतिकताका आधारमा राजीनामासमेत माग गरेका थिए ।