नेकपा रामेछापले शैक्षिक सामग्री वितरण गरि मनायो माओ दिवस

काठमडौं । नेपाल कम्युनिस्ट पार्टी रामेछापले शैक्षिक सामग्री वितरण गरी भव्यताका साथ माओ दिवस मनाएको छ। १३० औं माओ दिवसको उपलक्ष्यमा मन्थली नगरपालिका-१० स्थित श्री हरिसिद्दी माध्यमिक विद्यालयका ९० जना विद्यार्थीलाई कपि, कलम, पेनसिल लगायतका शैक्षिक सामग्री वितरण गरिएको रामेछाप जिल्ला सेक्रेटरी बद्री सि ले बताए । विद्यार्थीहरुलाई शिक्षण सिकाइमा सहजता होस् र अभावकै कारण कसैले पनि शिक्षाको अधिकारबाट वाञ्चित हुन नपरोस् भन्ने उद्देश्यले माओ दिवसको उपलक्ष्यमा शैक्षिक सामग्री वितरण गरेका हौं, बद्री सि ले भने ।

उक्त कार्यक्रममा पार्टीका केन्द्रिय प्रतिनिधि चैतन्य सि ले मन्तव्यसहित शैक्षिक सामग्री वितरण गरेका थिए । त्यसैगरी जिल्ला कमिटी सदस्य ताज सी, वडा अध्यक्ष गोपिलाल तामाङ, वडाका पार्टी प्रतिनिधि, बुद्धिजीवी, शिक्षाप्रेमी लगायतको बाक्लो उपस्तिथि रहेको थियो । साथै विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर कार्कीले नेपाल कम्युनिस्ट पार्टी रामेछापको उक्त कार्यको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे ।