राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ मा गर्ने सरकारको निर्णय

काठमाडौं। राष्ट्रियसभाको उप–निर्वाचन आगामी माघ २५ गते हुने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको उपनिर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । बैठकले राष्ट्रिय सभाको रिक्त स्थानमा माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको उनको भनाइ छ ।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएपछि एक ठाउँ रिक्त भएको थियो।

उक्त रिक्त ठाउँमा निर्वाचन हुन लागेको हो।