काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले तीन जना उपप्रधानमन्त्रीसहित सानो आकारको मन्त्रिपरिषद विस्तार गर्नुभएको हो । तीन जना उपप्रधानमन्त्रीले आजै पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको हो ।
पौडेल उपप्रधानसहित अर्थ, लामिछानेले उपप्रधानसहित गृह र श्रेष्ठले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको शपथ लिनुभएको हो ।
७ दलका १६६ र तीन जना स्वतन्त्र सांसदको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।




















