सिक्किममा भारी हिमपात, ९०० पर्यटक फसेको आशंका

पर्वतीय राज्य सिक्किममा शनिवार बेलुका भारी हिमपातका कारण सीमावर्ती इलाका नाथुलाबाट फर्किरहेका सयभन्दा बढी वाहनमा सवार करिब ९०० पर्यटक बाटोमा नै फसेका छन् ।

उद्धार कार्यका लागि सेना खटाइएको छ । यस विषयमा सिक्किम प्रहरीले जानकारी दिएको छ । प्रहरीका एक अधिकारीले सेनाका जवानले केही पर्यटकलाई अबेर राती राजधानी गंगटोक ल्याएको बताए ।

अन्य भने त्यहाँ नजिकै सेनाको शिविरमा रात बिताउन बाध्य भएका छन् । उनीहरूलाई भोलिपल्ट बिहान राजधानी पुर्‍याउने बन्दोबस्त मिलाइएको छ । सेनाको स्रोतले दिएको जानकारी अनुसार नाथुला र गंगटोकबीच १५ माइल इलाकामा ९०० पर्यटक फसेका थिए ।