बेल्जियमका प्रशिक्षकले दिए राजीनामा, यस्तो छ कारण

बेल्जियम विश्वकप २०२२ को समूह चरणबाटै बाहिरिएपछि मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले राजीनामा दिएका छन् । बेल्जियम समूह चरणबाट बाहिरिएपछि मार्टिनेजले राजीनामा दिएका हुन् ।

बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा खेलेको बेल्जियम विश्वकपबाट बाहिरिएको हो ।
अहमेद बिन अलि स्टेडियममा भएको खेलमा बेल्जियमले गोल निकाल्न सकेन । ४९ वर्षीय स्पेनिस प्रशिक्षकले ६ वर्षपछि बेल्जियमको प्रशिक्षक छाडेका हुन् ।

उनी २०१६ मा बेल्जियमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।